नेपाल प्रहरीका १०४५ हवल्दारको बढुवा र पदस्थापन

HTV Khabar ४ फाल्गुन २०८०, शुक्रबार ०९:०६ मा प्रकाशित

काठमाडौं, नेपाल प्रहरीका एक हजार ४५ जना सहायक हवल्दार प्रहरी हवल्दार पदमा बढुवा भएका छन्। प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णयानुसार जनपद तर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा गरिएको हो।


बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रचलित नियम बमोजिम तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई पदस्थापन गरिएको छ।


साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ।