काठमाडौं, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमवार बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसाको जरिवाना समेत तोकेको हो।