बैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

HTV Khabar २३ वैशाख २०८२, मङ्गलबार ०६:१३ मा प्रकाशित

काठमाडौं,  बागमती प्रदेश सरकारले बैशाख २४ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यही बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बागमति प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ।