काठमाडौं, जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।
प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले बताए। प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो। काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको थियो।