काठमाडाैं, प्रहरीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका २ प्रतिवादीलाई पक्राउ गरेको छ।
गत वर्षको भदौ २९ मा काठमाडौं–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा कालिमाटी २६ (परिवर्तित नाम) लाई पटकपटक बलात्कार गरेको मुद्दामा फरार रहेका दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरी पिपराका २० वर्षीय सौरभ झा र काभ्रे नमोबुद्धका २२ वर्षीय साजन अधिकारी छन्। झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।
अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङबाट गत वर्षको पुस ४ मा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको पनि प्रहरीले जनाएको छ। उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।