काठमाडौं, नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधवार जङ्गी अड्डामा आयोजित एक समारोहमा उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
हवाई, प्राविधिक र विविध सेवा अन्तरगत नवनियुक्त ५६ जना उपसेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको जङ्गी अड्डाले जनाएको छ। सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो।