काठमाडौं, चीन सरकारले तयार पारेका धर्मगुरु नेपाल आउँदै छन्। भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेका हुन्।
नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन उनी यहँ आउन लागेको बताइएको छ। यही डिसेम्बर १२ (विहिवार) देखि १५ (आईतवार) सम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने छन्।