काठमाडौं, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।
विहिवार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको थियो। बढुवासँगै शाह कार्य विभागमा पदस्थापन भएका छन्।