सर्लाही दुर्घटना : घाइते भएका एक जनाको मृत्यु, ३ को अवस्था गम्भीर

HTV Khabar २३ माघ २०८०, मङ्गलबार १२:२२ मा प्रकाशित

सर्लाही, सर्लाहीको मलङ्गवा नगरपालिका वडा न. ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमबार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एक जनाको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा कार्यालय सहयोगी बिनोद घिमिरे रहेका छन्। अन्य ३ जना घाइतेको अवस्था गम्भीर छ।


मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो।

घाइते सबैजना सफारीमा सवार थिए। रिटेन यादवबाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्वामा समान्य उपचार पश्चात् थप उपचारका लागि बीरगन्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।