पदभार ग्रहण गर्न पुगेका नवनिर्वाचित वडाध्यक्ष हिरासतमा

HTV Khabar २१ मंगशिर २०८१, शुक्रबार ०९:५३ मा प्रकाशित

काठमाडौं,  सप्तरीमा एक नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ परेका छन्।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह कर्तव्य ज्यान मुद्दामा विहिवार पक्राउ परेका हुन्। डाकनेश्वरीमा दुई जनाको हत्या गरेको उनीमाथि आरोप छ।

अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको छ। सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ।

यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए।