काठमाडौं, लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मिति २०८२/०३/१० गतेका दिन धादिङमा “ स्वस्थ्य, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागू औषध विरुद्धको एक्येवद्धता” नारा सहित कार्यक्रम सम्पन्न भएको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धादिङको सहकार्यमा जिल्ला धादिङ गजुरी गाउँपालिका वडा नं. १ स्थित श्री आदर्श माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, धादिङ प्रहरी प्रमुख उपरीक्षक दीपेन्द्र शाही, जिल्ला शिक्षा तथा समन्वय ईकाई प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुखबाट गजुरी, गल्छी र बेनीघाट रोराङ गाँउपालिकाका अन्दाजी ८० जना शिक्षक शिक्षीकाहरुलाई लागू औषध दुर्व्यसन र कानूनी प्रावधान लगायका विषयवस्तुमा आधारित रहि प्रशिक्षण प्रदान गर्नुभएको छ।