काठमाडौं, काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उनीहरुलाई आज प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ।
तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए।