कमलबजार विमानस्थलमा परीक्षण उडान सम्पन्न

HTV Khabar १४ पौष २०८१, आइतबार ०७:५७ मा प्रकाशित

काठमाडौं, अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। विमानस्थल निर्माण सुरू भएको ३२ वर्षपछि शनिवार तारा एअरको विमानले परीक्षण उडान गरेको हो।

परीक्षण उडान तारा एअरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले गरेका हुन्। ‍उडानपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिवार नै विमानस्थल उद्‌घाटन गरेका छन्। २०४९ सालमा निर्माण सुरू गरिएको यस विमानस्थल २०५८ सालमा सम्पन्न भई सञ्चालनको तयारीमा थियो।

तर तत्कालीन विद्रोही माओवादीले रिपिटर टावर ध्वस्त बनाएपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो। यसपछि एकैपटक विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो।