आजदेखि यी ठाँउमा बिजुली अवरुद्ध हुने

HTV Khabar १६ फाल्गुन २०८०, बुधवार ११:४० मा प्रकाशित

काठमाडौं, आजदेखि फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो।


आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ।