प्रहरीको प्राविधिक तर्फका ३ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

HTV Khabar १२ मंगशिर २०८१, बुधवार ०६:१६ मा प्रकाशित

काठमाडौं,  नेपाल प्रहरीको प्राविधिक तर्फ बढुवा भएका ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले डा.दामोदर पौडेल, डा.मनोज कुमार यादव र डा.संजिता दाहाल घिमिरेलाई मङ्गलवार बढुवा गर्ने निर्णय गरेका थिए।

बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।