काठमाडौं, जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
लागूऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भन्दै उनले घुस मागेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको उनले बताए। उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ।