काठमाडौं, शुभ प्रभात नेपालद्वारा काठमाडौंको सुकेधारामा आयोजित बृहत् रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ।
"स्वस्थ जीवनको आधार: विहानी यात्रा नै पूर्वाधार “भन्ने मुल मान्यतामा बोकेको समाज सेवा र मानव कल्याणमा अग्रीनी भूमिका पूरा गर्दैआएको शुभ प्रभात नेपालले विगत १३ वर्षदेखि एकै स्थानमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको संयोजन रामप्रसाद थपलियाले गरेका थिए। उक्त रक्तदान कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको उपस्थिति रहेको थियो।
रक्तदाताहरुलाई प्रमाणपत्र, संस्थाको लोगोअङ्ककीत टोपी र खाजाको समेत राम्रो व्यवस्था गरिएको उत्कृष्ट कार्यक्रमको सभापतित्त्व अध्यक्ष गणेशकुमार मिश्रले गरेका थिए।