काठमाडौं, गायक राजेशपायल राईले पत्नी साङबुङ राईसँग सम्बन्ध विच्छेद गरेका छन्।
गायक राजेशपायल र पत्नी साङबुङबीच चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको हो। न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको अदालत स्रोतले बतायो।
गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए। तर कुन समझदारीमा दुईबीच सम्बन्ध बिच्छेद भयो, त्यो अदालतले खुलाएको छैन। यी दुईबाट दुईवर्षे एक सन्तान छन्। २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो।
राजेशपायलले नक्सालमा रहेको आफ्नो घर साङबुङलाई दिएका छन्। साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ। उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन्।
यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन्। साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन्। गायक राजेशपायल राई रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेर छुटेका थिए।