स्कुल बस दुर्घटना अपडेट : उपचारको क्रममा एक बालकको मृत्यु

HTV Khabar १० मंगशिर २०८१, सोमबार ०९:०५ मा प्रकाशित

काठमाडौं,  चितवनमा गत शनिवार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ।

मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आरम्भ पोखरेल छन्। उनको आज बिहान ५ बजे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गत शनिवार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो। बस दुर्घटनामा २८ जना घाइते भएका थिए।