काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन्। जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे।
रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद। न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ। अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु। न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु। यो देशमा न्याय मरेको छैन।’
सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत विहिवार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो। आईतवार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको हो।