काठमाडौं, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ। मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।
सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो। पहिरोले मेसिनमा पनि क्षति पुगेको छ। सडक अहिले सञ्चालनमै छ।