काठमाडौ, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
धनुषा जिल्ला अदालतबाट मंगलवार उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जनाएको छ।
जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो।
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।
उक्त जाहेरीबारे समाचार बाहिरिएपछि सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।