नेपाल शिक्षक महासंघलाई चुनौती दिदै बूढानीलकण्ठ नगरपालिका, के गर्ला अब महासंघ ?

HTV Khabar १० वैशाख २०८२, बुधवार ०९:२९ मा प्रकाशित

काठमाडौं, नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु शैक्षिक आन्दोलनमा होमिएका छन्। 

यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा अवस्थित बाल उद्धार माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरेको अनुरोधमा अचम्मको निर्णय भएको छ। 
उनको अनुरोधअनुसार बूढानीलकण्ठ नगरपालिका कार्यपालिकाको बैठक बसेर नगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालय शिक्षक महासंघको आह्वानमा भएको शैक्षिक आन्दोलनको अवेज्ञा गर्दै सञ्चालन गर्न सूचना जारी गरिएको छ। 

बाल उद्धारलगायत नगरभित्र रहेका विद्यालय वैशाख ११ गते विहिवारदेखि सञ्चालन हुँदैछ। मात्रै शिक्षकहरुको आवश्यकता जस्तो देखिएको देशकै समग्र विकासको मेरुदण्ड रहेको शिक्षा ऐन जारी गर्न नचाहने सरकार र यससंग जोडिएका राजनैतिक द्लहरु आन्दोलनलाई जसरीपनि तुहाउन लागेको स्पष्ट देखिन्छ। 

शिक्षाको विकासनै समग्र राष्ट्रको विकास हो भन्ने मूलमन्त्र आत्मसात गर्न नचाहनेहरु यो आन्दोलनको बिरोधि भएको आभास झल्किरहेको छ। शिक्षा ऐन केवल एउटा खेलको लागि समयसापेक्ष बनाउने नियम कानून नभएर राष्ट्रकोनै लामो समयसम्म भविष्य कोर्ने मार्गनिर्देशन हो भनेर बुझ्न जरुरी हुन्छ। 

यो केवल शिक्षक वा कुनै समूहको हितको निम्ति निर्माण गरिने सम्झौता होईन। यो त देशका कर्णधार भावी पिढिको निम्ति अझै लाभदायक नीति हो। यसलाई पार्टीगत स्वार्थ लिएर हेर्नू र समयको मागअनुसार परिस्कृत गर्न नसक्नु अथवा नचाहनु भनेको नै लोकतान्त्रिक गणतन्त्र माथिको उपहास हो। 

त्यसैले देशमा गणतान्त्रिक संविधान जारी भएको दशाैं वर्षसम्म पनि नयाँ शिक्षा ऐन लागू नगर्नु भनेको नै विडम्बना हो। नयाँ शिक्षा ऐन जारी गर्दा हुने राष्ट्रिय उपलब्धि भन्दापनि यहाँ केहीको पार्टीगत र व्यक्तिगत उपलब्धि ठुलो मान्न सकिन्न। 

नयाँ शिक्षा ऐनको पक्षमा भन्दा केही राजनैतिक द्ल र  राजनीतिककर्मी तथा केही यसको विपक्षमा देखिनु बिल्कुलै देशको हितमा हुन सक्दैन। 

के सक्छ त ??? शिक्षक महासंघले यस्ता गतिविधि रोक्न?? अब विद्यालय त खुल्यो खुल्यो। यस्तो हुँदा आन्दोलनमा देशभरबाट सहभागीहरुको मनोबल खस्किने निश्चित छ। बाल उद्धारमा रहेका संघसंघसंगठनका पदाधिकारी प्रतिनिधिको अवस्था के होला ?