काठमाडौं, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन्।
जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले आज सोमवार उनलाई पक्राउ गरेको हो।
नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ को पार्टी अध्यक्षसमेत हुन्।
सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निसान्त श्रीवास्तवले जानकारी दिए। बगालेलाई वेशीसहर घरबाट पक्राउ गरिएको हो।