प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै

HTV Khabar २३ मंगशिर २०८१, आइतबार ०९:५८ मा प्रकाशित

काठमाडौं, दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। उनी पर्सिमात्र काठमाडौं फर्किने तयारी छ।

हवाईमार्गमार्फत् गृहजिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन्। सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उदघाटन र अर्को भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो एक बजे १८ तले दमक बिजनेस कम्प्लेक्स उदघाटन गर्ने कार्यक्रम छ।आफ्नो निर्वाचन क्षेत्रमा राज्यको १ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ।