दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने रविरत्न पक्राउ

HTV Khabar ११ जेठ २०८१, शुक्रबार १०:५२ मा प्रकाशित

काठमाडौं,  बलात्कार आरोपमा रविरत्न चुँडाल पक्राउ परेका छन्। आफूलाई सामाजिक सञ्जाल युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका चुँडाललाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो।

झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ।