काठमाडौं, काठमाडौं विश्वविद्यालय र काठमाडौं महानगरपालिकाको आयोजनामा चार दिने "टिचर कलेज प्रोग्राम" (गरिखाने शिक्षा, महानगरको इच्छा) अन्तर्गत तालीम सञ्चालन भएको छ।
डा.चेतनाथ पन्तको सहजीकरणमा काठमाडौं महानगरपालिकाक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई दोस्रो चरणमा काठमाडौं - ६ बौद्ध महाङकल अवस्थित जनकल्याण माध्यमिक विद्यालयको सभाकक्षमा वैशाख २ गतेदेखि तालीम शुरु भएको हो।
प्रशिक्षणको आज दोस्रो दिन सहजकर्ता पन्तले बडो कुशलतापूर्वक प्रशिक्षण गरेका थिए। पन्तको प्रशिक्षण गराउने कला कौशल अत्यन्तै सरल रहेको र लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएपनि उनको चारदिने प्रशिक्षणबाट धेरै नै उर्जा मिल्नेमा आफू विश्वस्त रहेको तालीमकि सहभागी शिक्षक सरु थापा र सबिता पोखरेलले एचटिभी खबरलाई बताए।
प्रशिक्षण अनुगमन क्रममा आएका काठमाडौं विश्वविद्यालयका नुरजङ्ग शाहले पहिलो चरण अन्तर्गत ६४ केन्द्रबाट सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण गराईएकोमा दोस्रो चरण अन्तर्गत ४१ वटा केन्द्रबाट सामुदायिक विद्यालयका शिक्षकहरुलाई चारदिने प्रशिक्षण कार्यक्रम गराईएको बताए।
प्रशिक्षणको महत्त्वमाथि प्रकाश पार्दै शाहले उक्त प्रशिक्षण सामुदायिक विद्यालयमा अध्यापन गराईरहेका शिक्षकहरुलाई अत्यन्तै लाभदायी रहेको बताए। १६ घण्टा अनिवार्य प्रशिक्षणमा सहभागी भइ सिकेका कुराहरुको क्रियाकलाप गर्ने प्रशिक्षार्थी शिक्षकहरुलाई ग्रेडिङ्ग अनुसारको प्रमाणपत्र प्रदान गरिने पनि शाहले प्रष्ट पारे।
प्रशिक्षणकै क्रममा जन्मदिन परेका उक्त विद्यालयका शिक्षकहरूको केक काटेर जन्मदिन मनाईएको थियो।