काठमाडौं, काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ। बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए। दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिए।