काठमाडौं, नेपाल राष्ट्रिय अभिभावक संघ बूढानीलकण्ठ नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता, काठमाडौं जिल्लाका उपाध्यक्ष तथा बूढानीलकण्ठ नगर क्षेत्रका ईन्चार्ज टेकराज गौतमको सभापतित्व र केन्द्रिय अध्यक्ष कोष बहादुर जिसी तथा संस्थापक सल्लाहकार देव बहादुर पौडेलको विशिष्ट आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको हो।
अभिभावक संघका केन्द्रीय सदस्य ठाकुर प्रसाद खकुरेलको संयोजनमा बाल उद्धार माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित नगर अधिवेशनले गोकर्ण खरेलको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष संगीता पन्तसहित १९ सदस्य रहने गरि नगर कार्यसमिति चयन गरेको छ। आजको अधिवेशनले १४ जना मात्रै चयन भएको हुँदा अन्य सदस्य पछि कार्यसमितिले नै चयन गर्नेछ।
तिलकबहादुर श्रेष्ठ (नरेश) ले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज सुभद्रा कोइराला, केन्द्रिय उपमहासचिव हरिभक्त महर्जन, बागमती प्रदेश सदस्य तथा काभ्रे ईन्चार्ज चन्द्र प्रसाद मैनाली, बूढानीलकण्ठ -१० का अध्यक्ष नवराज भट्टराई, बाल उद्धार माविका प्राचार्य विनोद पण्डित र एचटिभी खबरका प्रधान सम्पादक सबिन पन्त 'पृथक' लगायत संस्थाका केन्द्रिय सदस्य अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम सफलताको सफशुभकामना दिदै उपस्थित अतिथिले राज्य लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गएको यत्तिका वर्ष बितिसक्दा पनि समय सापेक्ष नयाँ शिक्षा ऐन ल्याउन नसकी नेपालको शिक्षा पद्धति अझै पञ्चायत कालिन ऐनबाट नै सञ्चालन हुनु दुर्भाग्यपूर्ण भएको बताएका थिए।
त्यही पुरानो ऐनले विद्यार्थी, अभिभावक र शिक्षक कसैको पनि भलो गर्न नसक्ने हुँदा नयाँ शिक्षा ऐन ल्याउन सरकारलाई दबाब दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए।
नवगठित नगर कार्यसमिति
- अध्यक्ष - गोकर्ण खरेल
- उपाध्यक्ष - संगीता पन्त
- उपाध्यक्ष - लीलाबहादुर कटुवाल
- सचिव - संगीता पोखरेल
- कोषाध्यक्ष - रिना पाण्डे
- सहसचिव - केदार चौलागाईं
- सहकोषाध्यक्ष- खिमराज अधिकारी
- सदस्य - लक्ष्मी खरेल
- सदस्य - जया भण्डारी
- सदस्य - विमल भित्रकोटी
- सदस्य - रिता आचार्य
- सदस्य - तोया तिवारी
- सदस्य - ऋद्दि पन्त
- सदस्य - मिथिला ढकाल