साथीको हत्या गरेको आशंकामा तीन पक्राउ

HTV Khabar २९ मंगशिर २०८१, शनिबार ०६:४५ मा प्रकाशित

काठमाडौं, हेटौंडामा युवकलाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुर राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रवार फेला परेको थियो। उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो।

सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय मनहरीले तीन जनालाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँडने साथी भएको बताएको छ। पक्राउ गरिएका व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन।