आईतवार सार्वजनिक बिदा !

HTV Khabar १६ जेठ २०८२, शुक्रबार ०२:४१ मा प्रकाशित

काठमाडौं, सरकारले २०८२ साल जेठ १८ गते आईतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

मिति २०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाको ३(तीन) जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा २०८२ जेठ १८ गते आईतवार सार्वजनिक बिदा भएको गृह मन्त्रालयबाट प्रकाशित सूचनामा जनाइएको छ।