असईको हातबाट पड्कियो पेस्तोल प्रहरी जवान घाइते, इञ्चार्ज निलम्बनमा !

HTV Khabar १२ वैशाख २०८१, बुधवार ०९:५२ मा प्रकाशित

काठमाडौं, बझाङमा हतियार चेकजाँच गर्दा असईको हातबाट पेस्तोल पड्किएको छ।जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा असई मोहनसिंह रावलले पेस्तोल पड्काएका हुन्।

बझाङमा भइरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा सोमवार असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको थियो।

एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्द जवान पुदल सिंह रानालाई चोट लागेको हो। उनको खुट्टामा चोट लागेको छ। अहिले असई रावललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ। बझाङमा बैशाख १५ गते उपनिर्वाचन हुँदै छ।