काठमाडौं महानगरले गौशाला चोकका घरहरुमा चलायो डोजर

HTV Khabar ६ जेठ २०८१, आइतबार ०४:२५ मा प्रकाशित

काठमाडौं, काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो।

महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनारअतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलले जनाएको छ।

महानगरले पछिल्लो समय महानगरभित्रका मापदण्डविपरित बनेका घर टहरा भत्काउँदै आएको छ।