काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले पाएका छन्।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी सरुवा भएको थिए।
उनको ठाउँमा धौवजीलाई सो जिम्मेवारी दिइएको हो। नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए।