बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

HTV Khabar २ जेठ २०८१, बुधवार ०८:५७ मा प्रकाशित

काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन्। उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो।

उच्च अदालतबाट सफाइ पाएसंगै उनलाई विश्वकप क्रिकेट खेल्ने बाटो खुलेको छ।