काठमाडौं, गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयले शुक्रवार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्। उनले सिमितस्रोत र साधनकाबीच परिणाममुखी काम गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिए।
गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए।
सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाढी बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए।