काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखा नगरपालिका झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले आज झोर महाकाल क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरेको ट्रक चालकसहित दुई जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
प्रहरीले नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुई जनालाई पक्राउ गरेको हो। यति ठूलो परिमाणको रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।