बसले प्रहरी भ्यानलाई ठक्कर दिंदा डीएसपी पवन भट्टराईसहित पाँचजना घाइते

HTV Khabar ५ फाल्गुन २०८०, शनिबार ०३:५९ मा प्रकाशित

काठमाडौं, बबरमहलमा बसले प्रहरीको भ्यानलाई ठक्कर दिएको छ। बिहान साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी पवन भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको हो।


बसको ठक्करबाट काठमाडौं जिल्ला परिसरका डीएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएको बताइएको छ।उनीहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।