लम्बोदर न्यौपानेलाई विशेषले सुनायो तीन वर्ष कैद, २५ करोड जरिवाना

HTV Khabar १७ वैशाख २०८१, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं, नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र २५ करोड जरिवाना भएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका न्यौपानेलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको हो। गत चैत २६ गते दोषी ठहर भएका न्यौपानलेलाई आईतवार विशेषका न्यायाधीशहरु टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सजाय निर्धारण गरेको हो।

अख्तियारले उनीविरुद्ध १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो कायम गर्दै २०७८ माघमा मुद्दा दायर गरेको थियो। बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना गरिएको बताइएको छ।

आयोगले तत्कालीन अध्यक्ष न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोको थियो । तर, अदालतले न्यौपानेलाई दोषी ठहर गर्दै अन्य आठ जनालाई सफाइ दिएको थियो।