काठमाडौं, धनुषा जिल्लाको बिदेह नगरपालिका–९ स्थित ईटहर्वाबाट जेठ ०२ गते करीब १३ लाख ७३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा विओपी धनौजीले बरामद गरेको हो।
यसैगरी विओपी खजुरीले जेठ १ गते करीब २ लाख ३९ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। बरामद लत्ताकपडा जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ।