व्यवसायी अग्रवालले गरे आत्महत्या

HTV Khabar १६ फाल्गुन २०८१, शुक्रबार ०७:३३ मा प्रकाशित

काठमाडौं, झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन्। विहिवार दिउँसो साढे १२ बजे बिर्तामोड नगरपालिका–५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन्।

विष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ।

आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्ने मीनप्रकाश उप्रेतीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।