काठमाडौं, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न राय दिएको हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई गुरुङबारेको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो।
सो अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो। गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो।
सरकारी वकिल कार्यालयले उनीसँग १ अर्ब ४० करोड बिगो मागदावी लिन राय दिएको बतायएको छ। गुरुङविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।