अनुमति विना ६ तले आलिशान अपार्टमेन्ट

HTV Khabar ३२ वैशाख २०८२, बिहीबार ११:५६ मा प्रकाशित

काठमाडौं,  काठमाडौं महानगरपालिका वडा नं. ४, विशालनगरस्थित पूर्व मन्त्री कमल थापाको घर छेउमा एक व्यापारीले नगरपालिकाको अनुमति विना ६ तले आलिशान अपार्टमेन्ट निर्माण गरी ५ जनाको नाममा बिक्री गरिसकेको जानकारी प्राप्त भएको छ।

उक्त भवन नगरपालिका द्वारा पास गरिएको नक्सा अनुसार निर्माण नभएकाले त्यस अपार्टमेन्ट किन्ने व्यक्तिहरूलाई आर्थिक हानी पुर्‍याउने सम्भावना रहेको देखिन्छ।