पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ

HTV Khabar २ जेठ २०८१, बुधवार ०४:२६ मा प्रकाशित

काठमाडौं,  पोखरामा कुटपिट तथा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–३ नदिपुर बस्ने वर्ष ३१ को विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा– २५ हेम्जा बस्ने वर्ष २८ को लगिन थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले गएको वैशाख २२ गते पोखरा महानगरपालिका– ३ नदिपुर स्थित सार्वजनिक स्थानमा एकजना व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार रहेका थिए।

उनीहरुलाई सोमबार पक्राउ गरी सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा २ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।