काठमाडौं, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो।
सई बुढाथोकीले सवारी साधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिए वापत घुस माग्ने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बुढाथोकीलाई पक्राउ गरेको थियो।
उनले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका ४ स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बुढाथोकीलाई सोमवार रङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए।