सिन्धु विकास बैंकले ९ दिनमै परिवर्तन गर्यो अध्यक्ष

HTV Khabar २६ असार २०८१, मङ्गलबार ०२:२९ मा प्रकाशित

काठमाडौं, सिन्धु विकास बैंकले नियुक्त भएको ९ दिनमा नै अध्यक्ष हटाएर नयाँ अध्यक्ष चयन गरेको छ।



यसअघि असार १३ गते बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठलाई नियुक्त गरेको थियो।बैंकले गरेको उक्त निर्णयमा पूनर्विचार गर्नुपर्ने देखिएकाले असार २२ गते दामोदर प्रसाद सुवेदीलाई अध्यक्षमा चयन गरेको छ। सुवेदी कर्मचारी संचयकोषका प्रतिनिधि हुन्।