लाेकतान्त्रिक व्यवस्था बलियाे बनाउन बलियाे कांग्रेस जरूरी छ : नेता सिंह

HTV Khabar १९ पौष २०८१, शुक्रबार ०४:१५ मा प्रकाशित

सप्तरी,  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियाे बनाउन नेपाली कांग्रेसलाई बलियाे बनाउनुपर्ने बताउनुभएकाे छ।

शुक्रवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताउनुभएकाे हाे।

उपप्रधानमन्त्री सिंहले ठुलाे संघर्ष र बलिदानबाट अहिलेकाे लाेकतान्त्रिक व्यवस्था प्राप्त भएकाे भन्दै यसलाई बलियाे बनाउन कांग्रेस बलियाे हुनुपर्नेमा जाेड दिए। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहिसक्नुभएका सिंहले  पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसकाे संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। 

सिंहले कांग्रेसकै नेतृत्वमा भएकाे आन्दोलनले  रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएकाे स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेकाे बताए। 

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले आवश्यक्ताकाे सिद्धान्तअनुसार कांग्रेस - एमालेकाे सरकार बनेकाे बताए। `अहिले संसदकाे दुई ठुला दल मिलेर सरकार बन्दा कहिँ नभएकाे भयाे भनेकाे सुन्छु। आवश्यक्ताकाे सिद्धान्तअनुसार दुई ठुला दल मिलेर सरकार बनेकाे हाे,´ सिंहले भने, `साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयाे।

केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियाे। बलियाे सरकार बनाेस् भन्ने जनचाहनाअनुसारनै वर्तमान सरकार बनेकाे हाे। ´ उनले आवश्यकताकाे सिद्दान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रीपरिषद्काे अध्यक्ष बनाएकाे चर्चा गर्दै जनचाहनाअनुसार दुई ठुला पार्टी मिल्नु असामान्य नभएकाे बताए। 

राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेकाे सरकारले राजनीतिक स्थीरताकाे जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेकाे बताए। 

सिंहले सप्तरीमा रहँदा पार्टी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गर्नेछन् भने लहान नगरपालिकाकाे कार्यक्रममा पनि सहभागी हुनेछन्।