एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना

HTV Khabar २८ माघ २०८०, आइतबार ०४:४९ मा प्रकाशित

काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ। शनिवार म १ च ३६९ नम्बरको स्कार्पियो जीप दैलेख जानेक्रममा दुर्घटना परेको हो।


शनिवार भएको जिप दुर्घटनामा महासचिव पोखरेललाई सामान्य चोटपटक मात्रै लागेको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।


त्यसक्रममा कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्काको हात फ्याक्चर भएको छ।


गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको एमालेले जनाएको छ।