प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

HTV Khabar ७ चैत्र २०८०, बुधवार ०४:५३ मा प्रकाशित

काठमाडौं, प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमबिच प्रधान सेनापति शर्माले प्राडा उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी श्री अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।


नेपाली सेनाका रथी, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।