स्रोत नखुलेको रकमसहित राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

HTV Khabar १९ असार २०८२, बिहीबार १२:५९ मा प्रकाशित

काठमाडौं,  रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ।

मंगलवार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो।

टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ। बरामद भएको नगद सहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।